२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024


संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै पुग्दैन : अध्यक्ष तिमिल्सिना


806
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै नपुग्ने बताउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले पीडित पक्ष र अधिकारकर्मीहरुलाई सहमत गराएर मात्रै राजनीतिक दलहरुले छिटो उक्त विधेयकलाई टुंगोमा पु¥याउनुपर्ने बताउनुभएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पु¥याउने काममा दलहरु आफैँ जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले विधेयक बनाउँदा गम्भिर अपराधमा संलग्नहरुलाई आममाफी दिन नहुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरुका साथै पीडित तथा अधिकारकर्मीहरु समेत मिल्नुपर्नेमा जोड दिनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले दलहरुकै कारण संविधानमा व्यवस्था गरिएको मौलिक हकसँग सम्बन्धित कानूनसमेत हालसम्म निर्माण हुन नसकेको पनि पटकपटक दोहो¥याउनु भयो ।