२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रधानमन्त्रीको मातहतमा ल्याउनुपर्छ : डा. तुलाधर


91
Shares

काठमाडौं । विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाइ प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा गरेको संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र जलवायु परिवर्तनको सवाल सम्बन्धि कार्यक्रममा बोल्दै डा.तुलाधरले यसलाई प्रधानमन्त्री कार्यालयको मातहतमा लगेर प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय मातहतमा हुँदा प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनुभयो ।

तुलाधरले अन्तर्राष्ट्रिय अभ्यासमा पनि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण प्रधानमन्त्रीकै मातहतमा रहने व्यवस्था रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनजन्य जोखिम नेपालको कारण नआएको भएपनि त्यसको परिणाम भने भोग्नुपर्ने अवस्था आएकाले यसको सम्बन्धमा कोप २८ मा सशक्त ढंगले कुरा उठाउनुपर्ने बताउनुभयो ।