
काठमाडौं । पश्चिम नेपालमा शुक्रवार राति गएको भूकम्पमा परि हालसम्म कम्तिमा १ सय ३६ जनाको मृत्यु भएको छ । यस्तै एक सय ६६जना घाइते भएका छन् ।
भुकम्पमा परि जाजरकोट र रुकुममा ठूलो क्षती भएको छ । जाजरकोटमा मात्र मृत्यु हुनेको संख्या ९८ पुगेको छ भने रूकुममा कम्तिमा ३८ जनाको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ ।
रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले रुकुममा ३८ बढीको मृत्यु भएको र एकसय बढी अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो ।
रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।
डिएसपी भट्टराईले मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिनुभयो । भुकम्पले जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु भएका ३८ जनामध्ये २७ जनाको सनाखत भएको छ ।
भूकम्पमा परी रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ ।
आठबीसकोट नगरपालिका–१४ बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आठबीसकोट–१४ का मात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका एक जनाको मृत्यु भएको छ ।
आठबिसकोट नगरपालिकाकामा १८ र सानीभेरी गाउँपालिकामा ९ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बालबालिकाहरु धेरै छन् । भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेषमा पुरीएकाको उद्धार र राहतको कामलाईसमेत तिव्रता दिइएको छ ।
शुक्रवार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्