१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


प्रसिद्ध बौद्ध योगी लामा वाङ्दुको निधन


19.253k
Shares

काठमाडौं । प्रसिद्ध बौद्ध योगी लामा छिरिङ वाङ्दु रिन्पोछेको निधन भएको छ ।

अमेरिकाको पोर्टल्याण्डस्थित आफ्नै निवासमा ८८ वर्षको उमेरमा बुधबार उहाँको निधन भएको जनाइएको छ ।

हिमाली बौद्ध परम्परा अनुसार भौतिक रुपमा निधन भएपनि उहाँ कोठाभित्र ध्यानमुद्राको अवस्थामा रहेको बताइएको छ । ध्यानमुद्राबाट देहत्याग गरेपछि मात्र बौद्ध परम्परा अनुसार अमेरिकामा नै उहाँको अन्त्यष्टि गरिने भएको छ ।

रिन्पोछे बौद्ध लोङचेन निङथिग, शिजे र चोड परम्पराका वंशजका उहाँ करिब ९ वर्षको उमेरमै हिमाली बौद्ध लामा भएर चोड अभ्यास गर्ने सिद्धहस्त हुनुहुन्छ । १८ देखि २० वर्षको उमेरमा उहाँले झण्डै १ सय चिहानमा तन्त्र र चोड साधना गरेर सिद्धी प्राप्त गर्नुभएको हो ।

तिब्बतमा किसान परिवारमा जन्मेका उहाँ सन् १९५८ मा बौद्ध तीर्थयात्राको क्रममा नेपाल आएर बस्नुभएको थियो । नेपाल, तिब्बत चीन, भारत, भुटान र पश्चिमी मुलुकमा उहाँ एक कुशल चोड चिकित्सक र साधकको रुपमा प्रसिद्ध हुनुहुन्छ ।

रिन्पोछे पाल गी लङ्कोर जङ्सेम कुङ्गा लिंग गुम्बा, बौद्ध, नेपालका प्रमुख गुरु समेत हुनुहुन्थ्यो । रिन्पोछेको शैली, योगिक परम्परामा, सरल र प्रत्यक्ष भएको कारण विश्वभर उहाँका अनुयायीहरु धेरै छन् ।