१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024


अष्ट्रेलियाको जंगलमा लागेको आगो नियन्त्रण बाहिर


6.799k
Shares

एजेन्सी । अष्ट्रेलियाको जंगलमा भएको भिषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

अष्ट्रेलियाको क्वीन्स्ल्याण्ड नजिकको तारा क्षेत्रमा रहेको जंगलमा हिजोदेखि फैलिएको आगो नियन्त्रण बाहिर गएको छ ।

आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु र हेलिकप्टर परिचालन गरिएको छ । आगलागीमा परि हालसम्म २ जनाको मृत्यु भएको छ भने १६ वटा घर जलेर नष्ट भएका छन् । जलवायु परिवर्तनको असरका कारण आगलागी भएको अनुमान गरी मौसमबिदहरुले डढेलो समेत लाग्न सक्ने चेतावनी जारी गरेको छ ।

आगलागीले ठूलो क्षति निम्ताउन सक्ने आंकलन गरी जंगल वरिपरिका ३५० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागीका कारण ११ हजार हेक्टर जंगल जलेर नष्ट भएको छ ।