Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


कुमा नकिगु पूजा सम्पन्न


299
Shares

काठमाडौं । असनका ज्यापु समुदायका बाल बालिकालाई अष्टमातृका, गणेश र भैरवको रुपमा तान्त्रिक पद्धतिबाट पूजा गरी कुमा नकिगु विशेष पूजा सम्पन्न गरिएको छ ।

यसदिन दाँत ननिस्केका र कपाल नकाटेका बालबालिकालाई तन्त्र साधना गरेर पूजा गर्ने परम्परा छ ।

पूजामा चाँदीको नरमुण्ड भएको माला बालबालिकालाई लगाइदिने र ८४ ब्यञ्जन सहितको विशेष तान्त्रिक परिकार चढाइन्छ । साथै असनका तुलाधर समुदायले प्राचिन खड्ग जात्रा मनाएका छन् । यसमा सबैभन्दा कान्छो बालकले जात्राको नेतृत्व गरेको हुन्छ ।

आगम घरमा बालकले खड्ग धारण गरेर आसुरी शक्तिको प्रतिक कुभिन्डो काटेर जात्रा समापन गरिन्छ ।