Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध


221
Shares

काठमाडौं । बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध गरिएको छ ।

स्थानीय प्रशासन कार्यालय बाँकले एक सूचना जारी गर्दै आज बिहानदेखि राति १२ बजेसम्मका लागि मदिरा र मदिराजन्य वस्तुको बिक्री र सेवनमा रोक लगाएको हो ।

विजया दशमीको भोलिपल्ट अर्थात् एकादशीका दिन दुर्गा मूर्ति विसर्जन गर्न विभिन्न स्थानमा गरिने ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन कात्तिक ८ गते बिहान ८ बजेदेखि मध्यरात १२ बजेसम्म मदिरा तथा मदिराजन्य वस्तु ओसारपसार, बिक्री–वितरण एवं उपभोग गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

जिल्लाको समग्र शान्ति, सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको सूचनाको प्रभावकारी कार्यान्वयनका लागिसमेत सबैमा अपिल गरिएको छ ।

प्रशासनले सूचनाको बर्खिलाप काम गरे कानुनबमोजिम कारवाही गरिने चेतावनी दिएको छ ।