Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


मनाङ एयरका पाइलट सेढाईंको निधन


0
Shares

काठमाडौं । गत साता दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधन भएको छ ।

गत शनिबार सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट सेढाईंको मुम्बईमा उपचारका क्रममा निधन भएको मनाङ एयले जनाएको छ । दुर्घटनालगत्तै उपचारकालागि उनलाई काठमाडौंको ह्याम्स अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो ।

मनाङ एयरले विज्ञप्ति जारी गरि सेढाईंको निधन भएको पुष्टि गरेको हो । दुर्घटनामा उनको शरीरको झण्डै ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ ।

आगोले फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा समेत असर गरेपछि उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।