Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


मकवानपुरमा जिप दुर्घटना हँुदा एघार जना घाइते


0
Shares

मकवानपुर । मकवानपुरमा जिप दुर्घटना हँुदा ११ जना घाइते भएका छन ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ५ मकैबारीस्थित कुलेखानी भएर मातातीर्थ हुँदै काठमाडौं जाने सडकखण्डमा विरगंजबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिप आज बिहान दुर्घटना हुँदा तीन नाबालक सहित ११ जना घाइते भएका हुन् ।

जिप सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा घाइतेहुनेहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
घाइतेहरु सबै भारतको छतिसगढका रहेको जनाइएको छ । दुर्घटना भएको जिप चालक बारा जिल्ला कलैयांका अनिलकुमार शाह प्रहरी नियन्त्रणमा रहेका छन् ।