Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


इजरायलमा मारिएका चार नेपालीको शव ल्याइँदै


1k
Shares

काठमाडौं । हमास समुहको आक्रमणबाट इजरायलमा मारिएका दस नेपालीमध्ये चार जनाको शव आइतवार बिहान काठमाडौं आइपुग्ने भएको छ ।

तेलअविव स्थित नेपाली दूतावासले वक्तव्य जारी गर्दे सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर चार जनाको शव शनिवार दिउँसो १ बजेर २५ मिनेटको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको जनाएको छ ।

अन्य शव पहिचानको काम भइरहेको र सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी पनि भइरहेको दूताबासले जनाएको छ ।