Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


दशैँ मनाउन घर फर्किनेको लर्को


273
Shares

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ ।

शनिवार बिहानैदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को लागेको छ । काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना झोला सामान बोकेर उभिएका छन् ।

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गरेको छ ।