काठमाडौं । विशाल नेपाल महाअभियानले नेपालीहरूको महान पर्व विजया दशमीको अवसर पारेर शुभकामना तथा सरसफाइ ¥यालीको आयोजना गरेको छ ।
मध्य बानेश्वरबाट बिहान शुरु भएको उक्त ¥याली रत्नराज्य विद्यालय, भेनस अस्पताल, पिपलबोट, बानेश्वर हाइट, सेतोपुल, मैतिदेवी चोक, पिपलबोट डिल्लीबजार, खसीचोक घट्टेकुलो, देवीनगर, थापागाउँ हुँदै पुनः मध्य बानेश्वरमा पुगेर सम्पन्न भएको थियो ।
¥यालीपछि आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न वक्ताहरूले विजया दशमीको शुभकामनासँगै देशको राजनीतिमा भएको वसंगति, राष्ट्रघात, भ्रष्टाचार, पर्यावरणलाई नकारात्मक असर पर्ने कार्यहरू र राजनीतिको अपराधिकरणको भण्डाफोर गर्नु पर्नेमा जोड दिएका थिए । ¥यालीको नेतृत्वमा महाअभियानका संयोजक सुरेन्द्र ढकालले गर्नु भएको थियो ।
¥यालीपछि महाअभियानको दशौँ पूर्ण बैठक बसेको थियो । बैठकले सुभद्रा केसी, सुनिल उपाध्याय, श्रीराम श्रेष्ठ, विमलराज शर्मा, सरोजा ठकुरी, जयराज केसी, केशव सिलवाल, र उत्तम लामिछानेलाई केन्द्रीय अभियन्तामा मनोनयन गरेको संयोजक ढकालले बताउनुभयो । दलाल राज्य व्यवस्थाले गरेका राष्ट्रघाती, अपराधजन्य तथा भ्रष्टकार्यहरुको निन्दा गर्दै यस्ता तत्वहरूलाई अब जनकारवाही गर्नुको विकल्प नरहेको बैठकले ठहर गरेको छ ।









प्रतिक्रिया दिनुहोस्