Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


इजरायलबाट थप १९ जना नेपालीको उद्धार


663
Shares

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी उग्रवादी समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जना नेपालीलाई सरकारले उद्धार गरेको छ ।

ती नेपालीलाई सरकारले मंगलबार भारतीय विमानमार्फत उद्धार गरेको हो । परराष्ट्रमन्त्रालयका अनुसार इजरायलको तेल अभिवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको हो ।मन्त्रालयले स्थानीय समय अनुसार तेल अभिवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ । उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म भारतको नयाँ दिल्ली आइपुग्ने छन् ।

गत हप्ताको शनिवार हमासले एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो । जसमा १३ सय इजरायली नागरिकको मृत्यु भएको थियो । हमासमाथि इजरायली सेनाले जवाफी कारवाही गर्दा २७ सय प्यालेस्टायनी नागरिकको मृत्यु भएको छ । इजरायली सेना र हमासबीचको युद्ध जारी छ ।