Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


यस्तो छ आजको मौसम


2.6k
Shares

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही वागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वागमती प्रदेश लगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।