२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काभा भलिबल : नेपाल साउदी अरबसँग पराजित


0
Shares

काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जमा नेपाल साउदी अरबसँग पराजित भएको छ ।

कोलम्बोमा भएको लिग चरणको चौथों खेलमा नेपाली टिम साउदीसँग ३-२ को सेटमा हारेको हो ।

पहिलो सेट २२-२५ ले हारेको नेपालले दोस्रो खेल २५-२१ ले जित्दै खेलमा पुनरामगन गरेको थियो । तेस्रो सेट २३-२५ ले गुमाएको नेपालले चौथों सेटमा २७-२५ को प्रतिस्पर्धात्मक जित निकाल्दै खेललाई चौथों सेटसम्म पुर्याएको थियो ।

तर अन्तिम सेटमा साउदीले नेपाललाई १५-१४ को स्कोरमा हरायो । फाइनल पुग्न आजको खेल नेपालका लागि महत्वपुर्ण थियो ।