काठमाडौं, भदौ २६ । मोरङको बूढीगंगा गाउँपालिका–२ की २९ वर्षीया कविता यादवले सोमबार दुई छोरालाई पासो लगाएर आत्महत्या गरेकी छन् ।
झुन्ड्याइएका दुईमध्ये १० वर्षीय जेठा छोरा निशान भने डोरी चुँडिएर बाँचेका छन् । पाँच वर्षीय अमनको भने मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।
प्रहरी घटनास्थल पुग्दा कविता र अमनको शव घरको बलोमा झुन्डिएको अवस्थामा थियो । डोरी चुँडिएर बाँचेका निशान निराट नर्सिङ होममा उपचाररत छन् ।
कविताका पति अमरलाल यादवको दुई वर्षअघि नै निधन भइसकेको थियो । केही समय अघिदेखि भने भारत फारविसगञ्ज घर भई विराटनगरमा काम गर्ने रामदेव झा कवितासँगै बस्ने गरेका थिए ।
कहिलेकाहीँ आउने ती व्यक्तिलाई कविताले कान्छो पतिका रुपमा चिनाउने गरेको स्थानीयको भनाइ छ । घटनामा बाँचेका निशानका अनुसार अघिल्लो दिन कान्छो बुवा र आमाबीच झगडा भएको थियो । –राजधानी दैनिकबाट




प्रतिक्रिया दिनुहोस्