८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


नवनियुक्त प्रधानन्यायाधीश मिश्रद्वारा पदबहाली


0
Shares

काठमाडौं, भदौ २५ । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सोमबार साँझ सर्वोच्च अदालतमा पदबहाली गरेका छन् ।

सोमबारै अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका प्रधानन्यायाधीश मिश्रले त्यसलगत्तै सर्वोच्च अदालत पुगेर पदबहाली गरेका हुन् ।

प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीश हुनबाट बन्चित गरिएका न्यायाधीश दीपकराज जोशीले अंगालो हालेर सर्वोच्चमा स्वागत गरेका थिए ।

यसअघि, सोमबार नै संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत् अनुमोदन गरेको थियो ।

संवैधानिक परिषदको गत भदौ ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीकारुपमा प्रस्ताव गरेको थियो ।