काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ ।
इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई तेल अबिवतर्फ लगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० जनाको आक्रमणमा मृत्यु भएको थियो ।
बंकरमा लुकेर रात बिताइरहेका विद्यार्थीहरुको उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो । उनीहरुले अब आफूहरुलाई चाँडै नेपाल फर्काउन आह्वान गरेका छन् ।
यसैबीच, इजरायलस्थित नेपाली दूतावासले उद्धार तथा स्वदेश फिर्तीका लागि सूचना संकलनको काम थालेको छ । सोमबार साँझ एक सूचनामार्फत दूतावासले अहिले सूचना संकलनको काम भइरहेको जनाउँदै दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा गएर अनलाइन रजिस्ट्रेसन फारम गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्