काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ योजना सुरु गरेको छ ।
आफ्ना ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरेको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भउचर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।
असोज १७ गतेबाट लागू भैरहेको यो योजनामा ७० प्रतिशत सम्मको छुट, ७ हजार बराबरको भैचर जस्ता थुप्रै सुविधा उपलब्ध गराइएको कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्