
नवलपरासी । नेपाल प्रहरी श्रीमती संघले नवलपरासीको रामग्राम नगरपालिका– १५ ननईस्थित जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमध्ये अति गरिब तथा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको पहिचान गरी संघले उक्त सामाग्री वितरण गरेको हो ।
संघकी अध्यक्ष लक्ष्मी कुँवरले कक्षा ५ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
संघले अति विपन्न विद्यार्थीहरुसँगै जेष्ठ नागरिक, समाजमा पछाडी परेका समुदायहरुलाई आवश्यकताका आधारमा सहयोग गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्