Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


ऐरीको रेकर्ड तोडिन बनेको हैन !


53.4k
Shares

काठमाडौं । ‘वैसे त रेकर्ड तोड्नेकी लिए बनते है,’ मंगोलियाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा ५० रन बनाएपछि आलोक आनन्द सामाजिक सञ्जालमा लेख्छन्, ‘लेकिन आज रेकर्ड टुट्ने के लिए नही बना।’

आलोकले भनेजस्तै रेकर्डहरू तोडिनैका लागि बन्ने गर्छन्। तर, केही रेकर्ड तोड्नु असम्भव प्रायः हुन्छ। यस्तै एउटा रेकर्ड बनेको छ, ऐरीका नाममा।

चीनको हानझाउस्थित झेजियाङ युनिभर्सिटी क्रिकेट मैदानमा मंगोलियाविरुद्ध ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दै ट्वान्टी–२० मा सबैभन्दा छिटो अर्धशतक बनाए।

उनको यो रेकर्डले संसारभरका क्रिकेटप्रेमीलाई आश्चर्यमा पारिरहेको छ। नौ बलमा उनले बनाएको अर्धशतक सोझो हिसाबमा कहिल्यै तोडिने छैन। सबैलाई थाहा छ, सोझो आठ बलमा त ४८ भन्दा बढी बन्न सक्दैन।

खासमा यो खेलले अन्तर्राष्ट्रिय स्तरमा केही प्रभाव पार्न सक्दैनथ्यो। असामान्य रेकर्डले समग्र खेललाई नै असामान्य बनायो। त्यसैले भारत र अस्ट्रेलियाको खेलभन्दा पनि यो खेलको रेकर्डले धेरै चर्चा पायो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Skip This