२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्ध लड्छु : मन्त्री गुरुङ


182
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताउनुभयो । मन्त्री गुरुङले गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रुपमा उभिएको भन्दै कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको बताउनुभयो ।

मन्त्री गुरुङले धनराज राम्रो छ भनिदिएकै भरमा आफूले चुनाव जितेको दाबी गर्नुभयो ।