८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


संयुक्त राष्ट्रसंघद्वारा आणविक हतियार उन्मुलनका लागि आह्वान


91
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मुलन गर्न आह्वान गर्नुभएको छ ।

उहाँले आणविक हतियारको पूर्ण उन्मुलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनु भयो । उहाँले आणविक हतियारको प्रयोग रोक्नको लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताउनु भयो । मानवीय प्रकोपलाई आणविक हतियार हटाएर मुक्त गर्न सकिने बताउनु भयो ।

उहाँले अहिले चिन्ताको विषय हतियारको दौड भएको बताउनु भयो । उहाँले आणविक हतियार घटाउँदै लैजानुपर्नेमा झनै बढ्दै गइरहेको बताउनु भयो । उहाँले आणविक हतियार धेरै भएका मुलुकलाई निशस्त्रीकरणको दायित्व पूरा गर्न कुनैपनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिवद्धता गर्न आह्वान गर्नुभयो । उहाँले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कुटनीतिको माध्यम रोज्न आग्रह गर्नुभयो ।

उहाँले आणविक हतियार नियन्त्रणका लागि मानिसहरु बढी जिम्मेवार हुनुपर्ने बताउनु भयो ।