काठमाडौं । समिट एयरले टिकट काटिसकेका चिकित्सकहरुलाई छोडेर नेकपा माओवादीका नेताहरुलाई मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज ल्याएपछि चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु पठाइएको छ ।
१६ जना सचिकित्ससको टोली गत हप्ता जुम्लामा कर्णाली एकेडमी हेल्थ साइन्सको कार्यपत्र प्रस्तुत गर्न गएको थियो । उनीहरुले काठमाडौबाट जाने बेलामै जाने आउने दुबैतर्फको टिकट काटेका थिए । तर जहाज उड्ने बेलामा नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरूलाई जहाजमा चढाएपछि चिकित्सकहरु उतै छुटेका थिए ।
माओवादी उपमहासचिव यादवसहित कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएपछि विमान चित्सिकलाई छोडेर नेपालगञ्ज तर्फ उडेको थियो । माओवादी नेता चढाएर चिकित्सक उतै छुटेको खबरपछि पर्यटनमन्त्री सुदा किराँतीले चिकित्सकहरुलाई लिन नेपाल एयसलाइन्सको विमान पठाइएको जानकारी दिनुभएको हो ।
मन्त्री किराँतीले मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखित बनाएको र गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाईएको सामाजिक संजालमार्फत जानकारी दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्