काठमाडौं, भदौ २५ । नेपाली सेना भारतको पुनेमा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ ।
सरकारको निर्देशनअनुसार संयुक्त अभ्यासमा नेपाली सेनाले सहभागिता नजनाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले राससलाई जानकारी दिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेक शिखर सम्मेलनकाक्रममा कुनैपनि तहमा संयुक्त सैनिक अभ्याससम्बन्धी छलफल र निर्णय नभएको प्रतिक्रिया दिएका छन् ।
शिखर सम्मेलनलाई सम्बोधन गर्नेक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अभ्याससम्बन्धी कुरा उठाएका थिए ।
उक्त अभ्यासको तयारीका सन्दर्भमा सेनाको तीन सदस्यीय टोली भने केही दिनअघि नै त्यहाँ पुगिसकेको थियो ।
बिम्स्टेक स्थापनाको उद्देश्यविपरीत संयुक्त अभ्यास हुन लागेको भनी आलोचना भएपछि सरकारले सेनालाई उक्त अभ्यासमा सहभागी नहुन निर्देशन दिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्