
एजेन्सी । अमेरिकी सञ्चार उद्यमका बादशाहको रुपमा चिनिने रुपर्ट मर्डक कम्पनीको जिम्मेवारीबाट हट्ने निर्णय गरेका छन् ।
न्युज कर्प र फक्स न्युजको अध्यक्षबाट हट्दै मर्डकले सवै जिम्मेवारी छोरालाई दिएका हुन् ।
मर्डकले सवै जिम्मेवारी छोरा लकलन मर्डकलाई सुम्पने घोषणा कर्मचारीहरुमाझ गर्नुभएको हो । ९२ वर्षिय मर्डकले कम्पनी पनि आफू जस्तै स्वस्थ अवस्थामा रहेको भन्दै व्यवसायिक चुनौतीभन्दा अवसरहरु धेरै रहेको भन्दै नयाँ नेतृत्वल ती अवसरहरुलाई अझै राम्रोसंग समात्ने विश्वा ब्यक्त गर्नुभयो ।
अमेरिकाभित्र सर्वाधिक दर्शक रहेको फक्सन्युज मर्डकले सन् १९९६ मा फक्स न्यूज संचालनमा ल्याएका थिए । चार वटा विवाह गरेका मर्डकका ६ जना सन्तान छन् । तर कम्पनीको जिम्मेवारी भने दोस्रो श्रीमती अन्ना डिपेस्टरतर्फका छोरा ५२ वर्षीय छोरा लकलन मर्डकलाई दिएका हुन् ।
पहिले कम्पनीमै रहेका अन्य तीन सन्तान बाउसंगको विवादपछि लाखापाखा लागेका छन् भने दुई छोरी ग्रेस र चोएल भर्खर कलेज पढ्ने उमेरका छन् ।
प्रतिक्रिया दिनुहोस्