४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


चीनद्वारा याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण


351
Shares

एजेन्सी । चीनले याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ ।

आईतवार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आईतवारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं मिसन थियो ।