
एजेन्सी । इजिप्टको प्रमुख विमान इजिप्ट एयरले राजधानी कायरोबाट जापानको टोकियोसम्म सिधा उडान भर्ने भएको छ ।
इजिप्ट एयरले कायरोबाट टोकियोको नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि सिधा रुट सुचारु गर्ने भएको हो । तीन वर्षको निलम्वनपछि उडान पुनः सुचारु भएको हो । उडान बिहीवार गर्ने बताइएको छ ।
नोभेम्बरबाट भने प्रतिहप्ता दुई उडान हुनेछन् । इजिप्ट एयरले यस वर्ष ७१ विदेशी गन्तव्यमा सेवा दिँदै आएको छ । यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको हो । कम्पनीले हालै एशिया, युरोप र उत्तर अमेरिकाका धेरै स्थानमा उडान भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्