Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


कास्की प्रहरीले गर्‍यो घुमुवा खारेज


18.5k
Shares

कास्की। पोखरामा घुमुवा प्रहरीको व्यवस्था खारेज गरिएको छ ।

यसअघिसम्म घुमुवा रहेकोमा भर्खरै सरुवा भएर कास्की प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएका प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाले घुमुवा प्रहरी हटाइएको बताउनु भयो ।

सादा पोशाकमा परिचालित प्रहरी कर्मचारीले अनुचित तरिकाले रकम असुली गर्ने जस्तो कुराहरु समय समयमा बाहिरिने गरेको र प्रहरी सङ्गठन बदनाम हुने गरेको कारण पनि सादा पोशाकमा प्रहरी खटाउने काम बन्द गर्न जरुरी भएको कास्की प्रहरी प्रमुख थापाको भनाई छ ।

सादा पोशाकका प्रहरी कर्मचारी परिचालन कार्य निर्देशन–२०७९’ जारी भएर लागू भइसकेपछि घुमुवाको अवधारणा स्वतः खारेज भएकोले अब उप्रान्त कुनै पनि प्रहरी कर्मचारीलाई कार्य निर्देशन विपरीत घुमुवाको रुपमा नखटाउने कास्की प्रहरीले निर्णय गरेको छ ।

कुनै पनि अनुसन्धान तथा नियन्त्रण गर्नको लागि विशेष सूचना संकलन गर्न सूचना संकलन गर्ने टोलीलाई मात्र सादा पोशाकमा खटाउने पनि कास्की प्रहरीले जनाएको छ ।