Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


संयुक्त सैन्य अभ्यासमा थाइल्याण्ड र भुटान पनि नजाने


0
Shares

काठमाडौं, भदौ २५ । बिमस्टेक फोरम सम्बद्ध मुलुकका सेनाबीच आयोजना गरिएको संयुक्त सैन्य अभ्यासमा थाइल्याण्ड र भुटान पनि सहभागी नहुने भएका छन् ।

भारतको पुणेमा आजबाट भदौ ३१ सम्म आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासमा बिमस्टेकमा आबद्ध थाइल्याण्ड र भुटानको सेनाले सहभागिता नजाउने भएको हो ।

उक्त सैन्य अभ्यासमा भाग नलिने निर्णय नेपालले यसअघि नै गरिसकेको छ । नेपाली सेना निकट उच्च स्रोतका अनुसार नेपाल सहभागी नहुने भएपछि थाइल्याण्ड र भुटान सरकारले पनि अब्जर्भर मात्रै पठाउने र अभ्यासमा आफू सहभागी नहुने निर्णय गरेको हो । –कारोबार दैनिकबाट