नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका– ७ भुजहवाबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई भारतीय सीमा नजिक चेकजाँच गर्ने क्रममा उक्त रकम भेटिएको नवलपरासीका प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका– २ हरपुरका रामपत गुप्ता र गफ्फार राइन कुजडा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्