Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रुस र टर्कीका राष्ट्रपतिबीच ब्ल्याक सी ग्रेन संझौताबारे छलफल


507
Shares

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ब्ल्याक सी ग्रेनबारे छलफल भएको छ ।

रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच ब्ल्याक सी ग्रेनको संझौताबारे छलफल भएको हो ।बैठकपछि बोल्दै टर्कीका राष्ट्रपति एर्दोगनले विश्वलाई ब्ल्याक सी ग्रेन इनिसिएटिभबारे सन्देश दिनु भनेको अविकसित अफ्रिकी देशहरुका लागि एक कदम अघि बढ्नु रहेको बताउनु भयो ।

एर्दोगन र पुटिनबीच द्विपक्षिय सम्बन्ध र क्षेत्रीय मुद्दामा पनि छलफल भएको छ । टर्की र रुस बीचको वैदेशिक व्यापार मात्रा ६२ बिलियन अमेरिकी डलर रहेको र सय बिलियन पुग्ने लक्ष्यतर्फ अग्रसर भएको राष्ट्रपति एर्दोगनले बताउनु भयो ।
टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताको रुपमा काम गरेको छ ।