Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


नारायणघाट– मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालन


507
Shares


काठमाडौं । पहिरो खसेपछि अवरुद्ध बनेको नारायणघाट– मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ।

बिहिबार बिहान टोपे खोला नजिकै सडकमा पहिरो खसेपछि आज सो सडकखण्ड एकतर्फी मात्रै सञ्चालन भएको थियो।केही बेरअघि पहिरो पन्छाउने काम सकिएर दुइतर्फी सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण झण्डै २ घन्टा सवारी आवागमन प्रभावित भएको थियो।