२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


पहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध


286
Shares

काठमाडौं । लगातार परेको पानीको कारण देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् ।

बाढीपहिरोबाट ७ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध हुन पुगेको सडक विभागले जनाएको छ ।

तमोर करिडोर, कोसी राजमार्ग, धुन्चे–स्याफ्रुबेसी सडक, नाग्मा–जुम्ला सडक, डुम्रे–बेशीसहर–चामे सडक र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध भएको विभागले जनाएको छ । त्

यसैगरी देशका विभिन्न स्थानका ४५ वटा सडकखण्ड एकफर्ती मात्रै सञ्चालनमा रहेको पनि विभागले बताएको छ ।

झरीका कारण आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् ।