Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


नयाँ विधानअनुरुप संगठनहरु गठन, पुनर्गठन र रुपान्तरण गर्दै जसपा


715
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले नयाँ विधानअनुरुप आफ्ना संगठनहरुलाई गठन, पुनर्गठन र रुपान्तरण गर्ने भएको छ ।

जसअनुसार पार्टीले भाद्र मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरूको आवश्यकतानुसार गठन पुनर्गठन गर्ने भएको छ । त्यस्तै जिल्ला/विशेष जिल्ला समन्वय समितिहरुलाई पनि यथासिघ्र विधानबमोजिम जिल्ला समितिमा रूपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनि आन्तरिक परिपत्र जारी गरिएको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।
त्यस्तै जसपाले संगठनको अभिलेख अद्यावधिक गर्न लागेको छ । पार्टीले आगामी कार्तिक मसान्तभित्र नामावलीसहितको सांगठनिक विवरण पठाउन पार्टी संगठन र समितिहरुलाई निर्देश गरिएको छ । सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्ने पनि जसपाले जनाएको छ ।