काठमाडौं । नवलपरासीको हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा बसिरहेका छन् ।
दुई वर्षअघि पहिरोका कारण गाउँ नै भासिएपछि नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएका थिए ।
२०७८ असार २४ गतेको पहिरोले घर, खेतबारी बगाएका उनीहरुलाई गाउँपालिकाले उद्दार गरि सुरक्षित स्थानमा राखे पनि अझै स्थायी बासको टुंगो लाग्न सकेको छैन ।
विद्यालय र सामुदायिक भवन हुँदै अहिले हुप्सेकोट–१ जुकेपानीमा दुई कठ्ठाको सानो चौरभित्र अस्थायी टहरामा १८ घरपरिवार बस्नुपरेको छ ।
उनीहरु अहिले ज्याला मजदुरी गरेर दैनिकी गुजारी रहेका छन् । विस्थापतिलाई अहिलेसम्म गाउँपालिकाले व्यवस्थापन गर्दै आएको तर स्थायी व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने हुप्सेकोट गाउँपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्