Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


साउदी सेनाले सयौ आप्रवासीको हत्या गरेको मानव अधिकारवादी संस्थाकाे आरोप


3.1k
Shares

एजेन्सी । साउदी अरेबियाका सुरक्षाकर्मीले सयौं अप्रवासीको हत्या गरेको मानवअधिकारवादी संस्थाहरुले आरोप लगाएका छन् ।

मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्युमेराइट वाचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार इथियोपियाली नागरिकहरु युद्धग्रस्त यमनको बाटो हुँदै साउदी अरेबिया प्रवेश गर्ने क्रममा सीमा सुरक्षामा रहेका साउदी सेनाले गाली हानी क्रुरतापूर्वक हत्या गरिएको छ ।

सुरक्षाकर्मीले आप्रवासीलाई चरम यातना दिएर हत्या गरेको बीबीसीले उल्लेख गरेको छ । यता साउनी अरबले भने ह्युमन राइट वाचको प्रतिवेदनप्रति असहमति जनाएको छ । साउदीले आफ्ना सेनाले आप्रवासीलाई सीमा पार गर्ने क्रममा नियन्त्रणको प्रयास गरेपनि क्रुरतापूर्व हत्या भने नगरेको प्रष्ट पारेको छ ।

सीमा सुरक्षाका क्रममा साउदी अरेबियाको यमनसँगको उत्तरी सीमामा कहिलेकाहीाँ विस्फोट र आफ्ना सुरक्षाकर्मीमाथि लक्षित हमला हुने गरेको जनाएको छ । कामको खोजीमा रातको समयमा सीमा पार गर्न खोज्ने आप्रवासी महिला र बालबालिका अझ बढी पीडित भएको उनीहरुको दावी छ ।

गत जुलाइमा सीमा पारे गर्ने क्रममा साउदी सेनाको आक्रमणमा ४५ जना आप्रवासीको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि गत वर्ष मात्र दुई लाख भन्दा बढी आप्रवासीहरुले अफ्रिकाको हर्नबाट यमनको समुद्री बाटो हुँदा साउदीको जोखिमपूर्ण यात्रा तय गरेका थिए ।

गत हप्ता मात्र जिबूतीको तटमा जहाज दुर्घटना हुँदा कम्तिमा २४ जना बेपत्ता भएका थिए ।