काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न नभएसम्म काठमाडौं उपत्यकाभित्रका बिग्रिएको बाटोको मर्मत गर्न नसकिने बताएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली वंश अक्षयकोषद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भत्किएको बाटो मर्मत गर्न अझै ६ महिना लाग्ने बताए ।
मेलम्चीको काम सम्पन्न भएर उपत्यकामा पानी आएको दुई वर्षभित्र सबै बाटोको स्तरोन्नति गरिने उनको दाबी थियो ।
प्रधानमन्त्री ओलीले अर्को वर्षदेखि तराईका कुनै पनि बस्ती डुबानमा नपर्ने भन्दै सुरक्षित बस्ती कसरी बसाउने भन्नेतर्फ सरकारको ध्यानकेन्द्रित भएको बताए ।
प्रधानमन्त्री ओलीले आगामी असोज १ गतेबाट नेपाल र भारतको संयुक्त टोलीले नदीको बाटो हुँदै कोलकाता जाने रुटको सर्वेक्षण गर्न भन्दै आगामी वर्षको पुसबाट नेपालका नदीहरुमा पानीजहाज चलाउने जिकिर गरे ।
कार्यक्रममा ओली वंश प्रधानमन्त्री ओली, उनका बुबा मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई अभिनन्दन पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्