Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नेपाल टेलिकमको १० लाख रुपैयाँको रिचार्ज कार्ड हरायो


5.8k
Shares

काठमाडौं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका करीव १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ।

रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै ढुवानी गर्ने क्रममा ति कार्ड हराएको र ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड हराएको जनाएको छ।

टेलिकमका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि टेलिकमले अनुरोध गरेको छ ।

टेलिकमले यदी ति कार्ड कतै भेटिएमा नजिकैको दुरसंचार कार्यालयमा बुझाउन पनि अनुरोध गरेको छ।