Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


छानविन समिति बनाउन सबै दल सहमत भएका एमालेको दाबी


429
Shares

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईल झण्डै सय किलो सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन सबै दल सहमत भएका दाबी गर्नु भएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टराईल पटक–पटकको सुन तस्करीले नेपाल सुन तस्करीको ट्रान्जिट बन्दै गएको भन्ने सन्देश विश्वमा गएको भन्दै छानविन समिति बनाएर सत्य तथ्य पत्ता लगाउनु पर्ने बताउनु भयो । सचिव भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथिनै छानबिन गर्नुुपर्ने भएकाले उच्च स्तरीय छानबिन समिति नबने कसले उहाँहरुसँग बयान लिने भन्दै प्रश्न गर्नुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुन तस्करी प्रकरणमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै उसको भनाइ पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ भन्ने छ,त्यसैगरी सत्तापक्षका सांसदहरुले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ भनेको भन्दै भट्टराईले संसदमा ह्वीप नलगाई भोटिङ गर्न माग गर्नुभयो । भट्टराईले गृहमन्त्रीले आफ्नै टेबलअघि रहेको सुन तस्करीको फाइल नदेखेपछि एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको पनि बताउनु भयो ।