८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


बाजुरामा धान रोपाइँ सकियो


494
Shares

काठमाडौं । बाजुरामा यो वर्षको धान रोपाइँ सकिएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमा जेठको पहिलो सातादेखि शुरु भएको धान रोपाइँ श्रावणको दोस्रो सातासम्म सकिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुराको धेरैजसो स्थानमा सिँचाइको सुविधा नभएका कारण आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । जिल्लाका बडिमालिका,बूढीनन्दा,त्रिवेणी,खप्तड छेडेदह, बूढीगङ्गा, गौमुल, स्वामिकार्तिक, जगन्नाथ, हिमाली लगायतका केही ठाउँमा जेठको दोस्रो साताबाट सुरु भएको रोपाइँ श्रावणको दोस्रो सातासम्ममा सम्पन्न भएको हो ।

बाजुरामा १३ हजार १ सय ४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने पाँच हजार २ सय ३५ हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा छ ।