धमिलो पानी पिउन बाध्य छन् सर्वसाधारण (भिडियो) • Image Khabar Image Khabar


धमिलो पानी पिउन बाध्य छन् सर्वसाधारण (भिडियो)


Imagekhabar
४ असार २०७५, सोमबार २३:५७

धमिलो पानी पिउन बाध्य छन् सर्वसाधारण (भिडियो)

डिबी विष्ट

बझाङ, असार ५ । बझाङको सदरमुकाम लगायतका अधिकांश क्षेत्रमा पिउने पानीको अभाव देखिएको छ ।

जनप्रतिनिधि आएको एक वर्ष बिते पनि खानेपानीजस्ता आधारभूत आवश्यकता सम्बोधन नहुँदा बझाङबासीले जनप्रतिनिधिप्रति गुनासो गर्न थालेका छन् ।

विश्वमै जलस्रोतको सम्पन्न देश भनेर कहिलिएको नेपालका अधिकांश ठाउँमा शुद्ध खानेपानीको सहज उपलब्धता छैन । त्यसमा पनि बझाङका जनता यतिबेला खानेपानीको अभावमा बाँचिरहेका छन् ।

बझाङको ग्रामीण भेग मात्रै होइन सदमुकामका जनतासमेत अहिले धमिलो पानी पिउन बाध्य भएका छन् । एक वर्षसम्म पनि सामान्य समस्या सम्बोधन नहुँदा स्थानीय जनप्रतिनिधिले चुनावी माहोलमा दिएका आश्वासन र प्रतिबद्धता नारामै सीमित भएको गुनासो धेरैको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्