काठमाडौं । लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस (श्रावण १७) को अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई लकस नेपाल वर्ष व्यक्तित्व २०८० सम्मान प्रदान गर्ने भएकाे छ ।
बुधबार लकस नेपालकै कार्यालयमा १३ औं स्थापना दिवस मनाउन आयोजित समारोहमा उक्त घोषणा गरिएको हो ।
नगरकोटीले लकस नेपालको सहजीकरणमा ८५ घरपरिवारलाई घरघर शुद्ध पानी पुर्याउन १४ हजार लिटर पानी शुद्धिकरण गर्ने क्षमता भएको ४१८० क्युविक फिटमा बनेको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा संचालन कार्यमा नेतृत्व गरेका हुन् ।
लामीडाँडा काफलडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नगरकोटी विगत ६ वर्षदेखि निरन्तर काममा सक्रिय छन् ।
नगरकोटीले आफ्नो समुदायमा स्वच्छ सुरक्षित पानी उपलब्ध गराउने कार्यमा स्थानीय सरकारको सहयोग तथा समुदायको सक्रिय सहभागितामा थप ६० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी निरन्तर संचालन एवं व्यवस्थापनमा लागि परेका छन् ।









प्रतिक्रिया दिनुहोस्