Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध


2.4k
Shares

काठमाडौं । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड शनिबार राति देखि अवरुद्ध भएको छ ।

सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

शनिबार राति करिब १० बजेतिर खसेको पहिरो पन्छाउन दुई वटा डोजर परिचालन गरिए पनि ठूलो पहिरो खसेका कारण सडक कति बेला सुचारु हुन्छ भन्ने यकि नरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गत मङ्गलबार पनि सो क्षेत्रमा पहिरो जाँदा सुरूङमार्गका दुवै नाका पहिरोले पुरिएको थियो ।