२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


कर्मयोगी बद्रीविक्रम थापा ‘सेवा पुरस्कार’ आँखा अस्पताल र राष्ट्र गौरव पुरस्कार’ पूर्व सचिव थापालाई प्रदान


104
Shares

काठमाडौं । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले हरेक वर्ष प्रदान गर्दै आईरहेको ‘सेवा पुरस्कार नेपाल’ यो वर्ष नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार’ पूर्व सचिव भरत बहादुर थापालाई प्रदान गरिएको छ ।

ती दुबै पुरस्कार बिहिबार काठमाडौमा आयोजित एक समारोहकाबीच बद्रीविक्रम थापाको १०१औं जन्मस्मृति दिवसका अवसर पारेर बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वबिद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले आँखा अस्पतालका अध्यक्ष गोपाल पोखरेल र पूर्व सचिव थापालाई सो पुरस्कार प्रदान गर्नुभएको थियो ।

दुबै पुरस्कारको राशी २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । गुठीले प्रत्येक वर्ष स्वर्गीय थापाको जन्मस्मृति दिवस पारेर यी लगायतका देशको बिभिन्न क्षेत्रमा रहेर सेवा गरे बापत बिभिन्न व्यक्तित्वहरुलाई अन्य पुरस्कारहरु पनि प्रदान गर्दै आइरहेको संस्थाका कोषाध्यक्ष किरण विक्रम थापाले जानकारी दिनुभयो ।

सोही अवसर पारेर गुठीले शताब्दी परुुष सत्यमोहन जोशीको स्मृतिमा सत्यमोहन जोशी स्मृति अंक पनि प्रकाशित गरेको छ । कार्यक्रममा बिषेश अतिथिका रुपमा उपस्थित हुनुभएका श्रम तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापा,पूर्वमन्त्री शशी श्रेष्ठ,गुठीका अध्यक्ष एवं काठमाडौं विश्वबिद्यालयमा पूर्व उपकुलपति प्रा.डा शुरेशराज शर्मा लगायतका व्यक्तित्वहरुले नेपालको सामाजिक र प्रशासनिक क्षेत्रमा बद्रीबिक्रम थापाले पुर्‍याएको योगदानका विषयमा योगदानका विषयमा चर्चा गरेका थिए ।

सिन्धुलीमा जन्मनु भएका भएका स्वर्गीय बद्री बिक्रम थापा नेपालको समाज सेवा र प्रशासनिक क्षेत्रमा लामो समयसम्म काम गर्नु भएका असल र कर्मयोगी ब्यक्तित्वको रुपमा चिनिनुहुन्थ्यो । उहाँको २०५२ असोजमा निधन भएको थियो । २०५३ मा बद्री बिक्रमका सुपुत्र किरण बिक्रम थापा लगायतको सक्रियतामा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी स्थापना भएको थियो । गुठीले देशको सामाजिक,प्रशासनिक,शिक्षा लगायतका बिभिन्न क्षेमा रहेर महत्वपूर्ण योगदान दिएका स्वच्छ छवि भएका व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।