Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


ट्विटरको लोगो परिवर्तन, अब निलो चराको ठाउँमा एक्स


1.1k
Shares

एजेन्सी । माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो लोगो परिर्वतन गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार दिउँसोबाट ट्विटर लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखीएकाे छ । ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।

ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए। मस्कले किनेदेखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ। केही दिनअघि मस्कले ट्विटरको आम्दानी ५० प्रतिशतले घटेको स्वीकारेका थिए।