
वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिविर बन्न नदिने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले युरोपलगायतका अरु मुलुकमा आप्रवासीलाई दिएको छुटजस्तै अमेरिकामा हुन नदिने स्पष्ट पारे ।
ट्रम्पले लाखौँ आप्रवासीलाई बसोबासको अनुमति दिएर युरोपेली मुलुकले ठूलो गल्ती गरेको बताउँदै आएका छन् ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले आप्रवासी कानुनका विषयमा छलफल गर्न नआएको भन्दै डेमोक्र्याट्हरुको आलोचनासमेत गरे । चर्को आलोचनाका बावजुद पनि ट्रम्प प्रशासनले मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने आमाबाबुलाई उनीहरूको सन्तानबाट अलग राख्ने आफ्नो नीतिको बचाउ गरेका छन् ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार निकायका प्रमुखले आप्रवासीसम्बन्धी ट्रम्प प्रशासनको नीतिको भर्त्सना गरेका छ ।
जर्मनीमा आप्रवासीसम्बन्धी विषयका कारण जर्मन नागरिकहरु आफ्ना नेताहरुको आलोचना गरेकामा पनि ट्रम्पले जर्मन चान्सलर एञ्गेला मर्केलको आलोचना गरे ।
जर्मन चान्सलर एञ्गेला मर्केल र आन्तरिक मामिलामन्त्री होर्ष्ट सिहोफरबीच आप्रवासी मुद्दालाई लिएर विवाद छ । शरणका लागि अन्यत्र दर्ता भइसकेका आप्रवासीलाई अनुमति दिन नहुने पक्षमा जर्मन मन्त्री छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्