Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सगरमाथाको उचाइमा हिउँको गहिराइ कति


5.4k
Shares

काठमाडौं । सगरमाथा चुचुरोमा हिउँको गहिराइ कति होला भन्ने विषय सधैं चासोमा पर्दै आएको छ।

यसअघिका अध्ययन नतिजा असंगत र अनिश्चित रहँदा विश्वको सबैभन्दा दुर्गम र उच्चतम स्थानको हिउँको गहिराइ यकिन हुन सकेको थिएन। हालै गरिएको एक वैज्ञानिक अध्ययनले सो उल्झनको समाधान निकालेको छ।

चिनियाँ वैज्ञानिकहरूले सगरमाथाको उत्तरी धारमा गरेको मापनले सगरमाथाको चुचुरोमा सरदरमा साढे ९ मिटर गहिरो हिउँ रहेको देखाएको छ। यसअघि विगत पाँच दशकमा भएका मापनले यो गहिराइ ०.९ देखि ३.५ मिटर रहेको मानिएको थियो।

सन् १९७५ मा चिनियाँ आरोहण दलले काठको चुच्चे लट्ठी (उडेन–स्टेक) को सहायताले गरेको मापनले हिउँको गहिराइ ०.९२ मिटर रहेको देखाएको थियो। यसैगरी सन् १९९२ मा इटाली र चीनको संयुक्त दलले स्टिल स्टेक हिउँमा घुसाएर गरिएको मापनले हिउँको गहिराइ २.५२ मिटर रहेको देखाएको थियो।

तर, हिउँको घनत्व, लटठीको लम्बाइ तथा खराब मौसममा व्यक्तिगत कारणले उचाइ मापनमा कठिनाइ रहँदै आएको थियो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।