Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै नेपाल ट्रेड युनियनद्वारा प्रदर्शन


234
Shares

काठमाडौं । श्रमीकको ज्यालावृद्धि गर्न माग गर्दै ट्रेड युनियन कांग्रेसले श्रमीकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।

आइतबार काठमाडौंको माईतीघरमा भेला भइ सत्तारुढ दल नेपाली कांग्रेसको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो ।

हरेक दुई वर्षमा श्रमीकहरुको पारीश्रमीक बढाइने र सोही अनुसार काम अहिले अघि बढीरहेपनि सरकारलाई खबरदारी गर्न दबाबमुलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताउनुभयो ।

उहाँले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको बताउनु भयो । उहाँले सरकारलाई श्रमीकहरुको न्युनतम पारिश्रमीक कम्तीमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताउनुभयो ।

उनीहरुले श्रमीकको न्युनतम पारीश्रमीक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमीकको प्रतिनिधित्व व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमीकको पञ्जीकरण गर लगायतका प्लेकार्ड, ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए ।