Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


राष्ट्र बैंकले स्थापना गर्‍यो गुनासो सुनुवाई डेक्स


468
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तिय संस्थाहरुसँग बचत तथा कर्जा कारोवार गरिरहेका सरोकारकाला सदस्यको गुनासो सम्बोधनका लागि केन्द्रिय बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाई डेस्कको स्थापना गरेको छ ।

उक्त डस्कमा टोल फ्रि नम्बरमार्फत वा अनलाईन वा इमेल गरेर पनि राष्ट्र बैकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय वित्तीय संस्थाहरुमा विकृति बढ्दै जादा सर्वसाधारणको बचत जोखिममा परेको भन्दै सरकारले सचेत रहन आग्रह गर्दै आएको छ ।

यसैगरी सहकारीमा देखिएका समस्या समाधानमा गर्न सरकारले राष्ट्रिय योजना आयोगको सहकारी हेर्ने सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको छ ।